पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
रिता राउत, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १३ मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका १३ नं. वडा कार्यलय, रेस्पेक नेपालको आयोजना र क्यान्सर रिलिफ सोसाईटिको सहकार्यमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि निःशुल्क जाँच गरिएको हो ।
ग्रामिण महिलाहरुको स्वास्थ्य अवस्था वुझ्नका लागि शिविरको आयोजना गरिएको रेस्पेक नेपालका सहायक ...













