कटारी नगरपालिकाका मेयर, उपमेयर सहित चार घरमा तोडफोड

कटारी नगरपालिकाका मेयर, उपमेयर सहित चार घरमा तोडफोड
उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको जग्गामा स्थानीयहरुले रातारात घर बनाएपछि नगरपालिकाले घर भत्काएको थियो । सार्वजनिक जग्गा कटारी ४ को किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर बनिरहेपछि नगरपालिकाले घर भत्काई दिएपछि स्थानीयहरु आन्दोलि...

उदयपुरमा महामारीमा मनलाग्दी मूल्य, खाने तेलको मूल्य आकाशियो

उदयपुरमा महामारीमा मनलाग्दी मूल्य, खाने तेलको मूल्य आकाशियो
उदयपुर । कोभिड महामारीले पिल्सिरहेका बेला ‘अप्ठेरोमा असुल्ने’ केही व्यापारीको गलत नियतका कारण सर्वसाधारण महँगीको मारसमेत खेप्न बाध्य भएका छन् ।सरकारी निकायले मौन समर्थन जनाइदिएपछि केही व्यपारीहरूले खाद्यवस्तुमा मनलाग्दी मूल्यवृद्धि गरेर चरम लुट गरिरहेका छन् । निषेधाज्ञा सुरु भएको वैशाख महिनामा चामल, मुसुरोको दाल र चिनीको भाउ किलोमा ५ देखि १५ रुपैयाँसम्म बढाइएको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ...

नेपालमा झन खतरनाक कोरोना भाइरस पत्ता लाग्यो

नेपालमा झन खतरनाक कोरोना भाइरस पत्ता लाग्यो
काठमाडौं । अहिले पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन सबैको जानकारीका लागि अपिल गर्दछौँ कोरोनाको झन खतरनाक भाइरस पत्ता लाग्यो । नेपालमा कोरोना भाइरसको अहिलेसम्मकै खतरनाक र जोखिमपूर्ण भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक वि...

उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना, संक्रमितको संख्या ४९२ पुग्यो

उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना, संक्रमितको संख्या ४९२ पुग्यो
उदयपुर । उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ६ महिला र १६ पुरुष गरी २२ जनामा कोरोना संक्रमण देखिएको छ । आज पनि सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २ महिला सहित १० जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा ३ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा एक महिला सहित ३ जनामा संक्रमण देखिएको छ । बेलका नग...

ताप्ली गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द

ताप्ली गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द
उदयपुर । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणले छिमेकी पालिकाहरु पनि आक्रान्त हुन थालेपछि उदयपुरको ताप्ली गाउँपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै अतिआवश्यक (स्वास्थ्य) सेवा बाहेक सम्पूर्ण नियमित सेवाहरु अर्को सूचना जारी नहुन्जेलसम्मको लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले जानकारी दिए । ...

उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने

उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने
उदयपुर । उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने भएको छ । उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी आर्थिक वर्षको पूर्वाधार विकास तर्फको बजेट मार्फत कोरोना खोप व्यवस्थापन गर्न विनियोजन गर्ने निर्णय भएको उदयपुर विकास बोर्डका सदस्य तथा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई...

उदयपुरमा कोरोना नियन्त्रणका लागि सेना परिचालन

उदयपुरमा कोरोना नियन्त्रणका लागि सेना परिचालन
उदयपुर । उदयपुरमा कोरोना संक्रमण नियन्त्रण गर्न र जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाली सेनाको मोबाइल पेट्रोलिङ टोली परिचालन गर्ने निर्णय गरिएको छ । सोमबार बसेको डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो । निर्णयमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सेना परिचालन गर्न लागिएको उल्लेख छ । एम्बुलेन्स, शवबहान र विरामी बोकेको सवारी साधन बाहेक अन...

उदयपुरमा सोमबार थप ४९ जनामा कोरोना, संक्रमितको संख्या ४७० पुग्यो

उदयपुरमा सोमबार थप ४९ जनामा कोरोना, संक्रमितको संख्या ४७० पुग्यो
उदयपुर । उदयपुरमा आइतबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार २० महिला र २९ पुरुष गरी ४९ जनामा कोरोना संक्रमण देखिएको छ । आज सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ११ महिला र १६ पुरुष गरी २७ जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा ४ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा ३ महिला र २ पुरुष गरी ५ जनामा सं...

उदयपुरको कटारीका ७४ वर्षिय वृद्धाको कोरोना संक्रमणबाट मृत्यु, मुत्यु हुनेको संख्या १४ पुग्यो

उदयपुरको कटारीका ७४ वर्षिय वृद्धाको कोरोना संक्रमणबाट मृत्यु, मुत्यु हुनेको संख्या १४ पुग्यो
उदयपुर । उदयपुरका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ४ का ७४ वर्षिय वृद्धा  रहेका छन् । उनको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यस्तै  सोमबार नै त्रियुगा नगरपालिका–३ की ५० वर्षीया महिलाको बिहान साढे छ बजे विपी कोइराला विज्...

त्रियुगा नगरपालिका ३ की एक महिलाको कोरोनाबाट मृत्यु

त्रियुगा नगरपालिका ३ की एक महिलाको कोरोनाबाट मृत्यु
उदयपुर । उदयपुरकी एक कोरोना संक्रमित महिलाको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको छ । त्रियुगा नगरपालिका-३ की ५० वर्षीया महिलाको सोमबार बिहान साढे छ बजे ज्यान गएको हो । वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए । उपचारको क्रममा उनक...