उदयपुर । उदयपुरका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ४ का ७४ वर्षिय वृद्धा  रहेका छन् ।

उनको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

यस्तै  सोमबार नै त्रियुगा नगरपालिका–३ की ५० वर्षीया महिलाको बिहान साढे छ बजे विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको छ । वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए । उपचारको क्रममा उनको ज्यान गएको छ ।

यस्तै शनिबार र आइतबार गरी उदयपुरमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । आइतबार साँझ त्रियुगा नगरपालिका १ का ३७ वर्षिय युवकको कोरोना संक्रमणबाट उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट बोक्सेमा करिव साढे सात बजे मृत्यु भएको थियो । उनलाई बैशाख २७ गते कोरोना पोजिटिभ देखाएको थियो भने शनिबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका थिए ।

यस्तै त्रियुगा नगरपालिका १० का ६३ वर्षिय पुरुषको चौदण्डीगढी नगरपालिका ६ सातधारे बेल्टारमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

अर्का चौदण्डीगढी नगरपालिका ५ का ५६ बर्षिय एक पुरुषको पनि उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा आइतबार विहान ५ बजे मृत्यु भएको थियो ।

यस्तै त्रियुगा नगरपालिका ३ का ४८ वर्षिय एक पुरुषको पनि उपचारको क्रममा वि एण्ड सी अस्पताल विर्तामोड झापामा मृत्यु भएको छ । उनको शनिबार साँझ करिव ७ बजे मृत्यु भएको थियो ।

अर्का त्रियुगा नगरपालिका १२ डिएम गेटका ४५ वर्षिय पुरुषको ग्रिनक्रस हस्पिटल विराटनगरमा शनिबार मृत्यु भएको थियो ।

यो सँगै उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । अहिलेसम्म २३ जना कोरोनामुक्त भएका छन भने ३८७ जना उपचाररत रहेका छन् ।

भुलसुधार : उदयपुरको कटारीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्युको समाचारमा मृतकको उमेर ७४ वर्षिय वृद्धा हुनु पर्नेमा अन्यथा भएकोले सच्याईको छ । का.स.

तपाईको प्रतिक्रिया