गाईघाटको भिषण आगलागीमा दुई करोड बढीको क्षति, कुन पसलमा कति क्षति (फोटो फिचर)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आईतबार बेलुका ७ः१५ बजेको समयमा भएको आगलागीमा दुई करोड बढी क्षती भएको छ । बजार स्थित त्रियुगा नमुना माविको भवन पछाडी सोही विद्यालयको सटरहरुमा आगो लागेका थिए । आगो लाग्दा ५ ओटा पसलहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।
यता विद्यालयको १० ओटा सटरहरु पनि जलेको छ । उदयपुर प्रहरीका अनुसार विद्यालयको भवन र ५ ओटा पसलको मात्रै २ करोड १४ लाख ५० हजार बराबरको क्षती पुगेको छ ...













