कटारीमा मेडिकल कलेज स्थापना गर्ने तेस्रो नगर सभाको निर्णय
उदयपुर, ग्रामिण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्ने निर्णय गरेको छ । कटारी नगरपालिकाको सम्पन्न तेश्रो नगर सभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नेको लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।
सरकारले कटारीमा मेडिकल कलेज खोल्ने निर्णय गरे आवश्यक जग्ग...










