डिएन चौधरी, उर्मिला दनुवार, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित राजाबासमा लाग्ने राजाबास पुल चौक साप्ताहिक हाट बजार संचालनमा आएको छ । “साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली” शिर्षकको समाचार नागरिक बहस डट कम अनलाइनमा पुस २१ गते प्रकाशनमा आएपछि सरोकारवाला निकायको ध्यानकषर्ण भई विधिवत रुपमा शुक्रबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बजारको उद्घाटन गरेका छन् ।
बजारलाई उद्घाटन गर्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले हाट बजार संचालनमा आएकोले स्थानीय उत्पादनलाई बढी भन्दा बढी विक्री वितरण गर्न अनुरोध गरेका थिए । स्थानीय उत्पादनले बजार भाउ पाउने भएकाले स्थानीय उत्पादनमा जोड दिनु पर्ने बताए ।


त्रियुगा नगरपालिका ८ र ९ वडाको सिमानामा लाग्ने राजावास पुलचौक साप्ताहिक हाट बजारको लागि निर्माण गरिएको घर, टहरामा भव्य खुल्ला नृत्य प्रतियोगिताको आयोजना संचालनमा आएको हो ।
भव्य खुल्ला नृत्य प्रतियोगिताको विच बजार घर, टहरा भएको ठाउँमा सारिएको थियो । नृत्य प्रतियोगितामा आमा समुहका छोरीहरु प्रथम र खाट मन्दिर आधारभुत विद्यालय द्धितिय स्थान प्राप्त गरेका थिए । प्रथम र द्धितिय क्रमशः तीन हजार पाँच सय र दुई हजार पाँच सय नगद पुरस्कार र प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । यस्तै तृतीय स्थान प्राप्त गर्ने आभारभुत विद्यालय रातमाटे र बैरेनि युवा समुहलाई एक हजार पाँच सयका दरले नगद र प्रमाण पत्र प्राप्त गरेका थिए भने सान्त्वना स्थान प्राप्त गर्ने युवा महिला समुहलाई एक हजार नगद सहित प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । खुल्ला नृत्यु प्रतियोगितामा २० वटा समुहले भाग लिएका थिए ।


त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्य केदार दनुवारको पहलमा वडा नं. ८ का अध्यक्ष कमल कुमार राउत र वडा नं. ९ का वडा अध्यक्ष धन बहादुर दनुवारसंग समन्वय गरी घर टहरा निर्माण भएको स्थानमा लगाउन सफल हो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष धन नारायण श्रेष्ठले बजारको लागि निर्माण गरिएको घर, टहरामै साप्ताहिक हाट बजार लगाउन पाउँदा समिति खुशी भएको प्रतिक्रिया दिए । उनका अनुसार अहिले बजार दर्ता प्रक्रियामा रहेको बताए । बजारलाई व्यवस्थित गर्न अझै केही समय लाग्ने भएपनि केही समस्यालाई निरन्तर रुपमा सामाधान गर्दै लैजाने समितिका अध्यक्ष श्रेष्ठले बताए ।
बजार सडकमै रहेको हुँदा बजारमा किनमेल गर्न आउने मानिसहरुलाई सडक दुर्घटना हुने खतरा त छदै थियो, खुद्रा बजार व्यवसायीलाई त्यतिकै जोखिम थियो । सडकमा बजार भएकोले सडक र गाडीको घुलो धुवाले बाहिर बेच्नको लागि फिजाएर राखिएको बिशेष गरि तरकारी, खानको लागि बनाइएको चप, कचरी, चना चटपटे लगायतका समाग्रीहरु धुलामम्य भई मान्छेको स्वास्थयमा प्रतिकुल असर भएपछि बजार व्यवस्थापन गरिएको नगर कार्यपालिका सदस्य केदार दनुवारले बताए । बजार लाग्ने ठाउँमा सारिएको हुँदा दुर्घटनाका जोखिम कम हुने, ठाउँको प्रस्त व्यवस्था भएको र नागरिकले सफा, स्वस्थ्य उपभोग्य बस्तु खरिद गर्न पाउने उनले बताए । बजार व्यवस्थापनको लागि शहरी विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा करिव ३० लाख खर्च गरेर ४ वटा सटर सहित घर, २ वटा टहरा र एउटा वतावरण मैत्री शौचालय निमार्ण गरिएको छ ।

यो समाचार लिंक पनि पढ्नु होस् ।

साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली (तस्विर सहित)

तपाईको प्रतिक्रिया