लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका ल...











