किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)
उदयपुर । प्रकृतिपुजक किराती समुदायले आप्mनो महान् पर्व ‘साकेला उभौली (धिरीनाम) ५०७९’ शनिबारदेखि धुमधामसँग मनाउन सुरु गरेका छन् । किरात मिथक अनुसार गर्मीयाममा चराचुरु्गी र जनावर गर्मी छल्न लेक (उचो भूभाग) तिर लाग्ने दिनको प्रतिक स्वरुप बैशाख पूर्णेका दिनलाई उभौलीको शुभारम्भ मान्ने गरिन्छ । जस अनुसार शनिबारदेखि सुरु भएको धिरीनामपर्व लगातार १ महिनासम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।
धिरीनाम...













