त्रियुगा नगरका शैक्षिक संस्थालाई गर्मी छल्न ३ दिन बिदा
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको शिक्षा ईकाइले सूचना जारी गरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुलाई गर्मी छल्न ३ दिन बिदा गरेको छ । अत्याधिक गर्मीका कारण सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाको बैठकले बुधबारदेखि लागु हुने गरी तीन दिनका लागि शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।
पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरू विद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाक...













