मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय  कर्ता पक्राउ

मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय  कर्ता पक्राउ
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्र्तागत सिरहामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको छ । यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गामध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो । तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । नापी विभागले २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो । ज...

एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’

एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’
भक्तपुर : यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार  ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ ...

साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य

साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य
काठमाडौं । सरकारले १ साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि निजी क्षेत्र रुष्ट बनेको छ। प्यान अनिवार्य गर्दा आफूहरुको लागत बढ्ने नभई झन्झट बढेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । कर्मचारीका लागि प्यान अनिवार्य सम्भव भए पनि मजदुरका लागि भने यो लागू गर्न सम्भव नरहेको निजी क्षेत्र बताउँछन्। पूर्वाधार निर्माण तथा उत्पादनमूलक उद्योगमा ठूलो संख्या...

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक दिउँसो बस्ने, आजै नतिजा प्रकाशन

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक दिउँसो बस्ने, आजै नतिजा प्रकाशन
काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदे...

यस्ता छन् ओलीका तीन विकल्प

यस्ता छन् ओलीका तीन विकल्प
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो, अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छापेको छ । केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनकोे तयारीमा छन्। तर, उनी पुनर्गठन के आधारमा कस...

बाबुराम-उपेन्द्रलाई नेकपामा भित्राउने अभियानमा प्रचण्ड !

बाबुराम-उपेन्द्रलाई नेकपामा भित्राउने अभियानमा प्रचण्ड !
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बाबुराम भट्टराई/उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत त्यसमा सहमत गराइसकेको दाबी स्रोतको छ । स्रोतका अनुसार अनौपचारिक च्यानलमार्फत प्रचण्ड–बाबुराम–उपेन्द्रबीच एकता वार्ता अघि बढेको छ । यद्यपि त्यसबारे...

केटी साथी भेट्न गएका युवकलाई स्थानीय युवाहरुले कुटेर मारे

केटी साथी भेट्न गएका युवकलाई स्थानीय युवाहरुले कुटेर मारे
सप्तरी (रासस) | राजविराजमा भएको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत बिराजीको युवाको समूहको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले ...

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ
काठमाडौं । मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ परेका छन् । सोमबार राती बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर गाईघाटका गोगम्बु बस्ने मिलन कार्की, उदयपुर  बर्रेका तामाङ, दिपक राई, काभ्रे बनेपाका राज तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको ...

लागुऔषध नियन्त्रणका लागि टिन्स क्लबको महत्वपूर्ण भूमिका (फोटो फिचर)

लागुऔषध नियन्त्रणका लागि टिन्स क्लबको महत्वपूर्ण भूमिका (फोटो फिचर)
उदयपुर । लागुऔषध दुव्र्यसन तथा कारोवारीको संख्या दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि उदयपुरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वास्थ्य जीवन’ भन्ने मुलनाराका साथ जिल्ला प्रशासन कार्यालय उदयपुरले विभिन्न निकायसँग समन्वय गरी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विविध कार्यक्रम आयोजना गरि समापन गरिएको हो । प्रशासनले लागुऔषध क...

त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
उदयपुर । जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको त्रियुगा नगरपालिकाले शिशु कक्षादेखि माध्यमिक तहसम्म अँग्रेजीमा शिक्षण, सवै वडामा स्वास्थ्य चौकी स्थापना, एक घर एक धारा र चर्पी, एक वडा एक उत्पादनमा जोड दिने लगायतका कार्यक्रम सहित आर्थिक वर्ष ०७६÷७७ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार चौथो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । जनप्रतिनिधि र नगरपालि...