आमा छोरीको हत्याको आशंकामा तीन जना प्रहरीको नियन्त्रणमा (फोटो फिचरसहित)

आमा छोरीको हत्याको आशंकामा तीन जना प्रहरीको नियन्त्रणमा (फोटो फिचरसहित)
उदयपुर । धारिलो हतियार प्रहार गरी उदयपुरमा शुक्रबार राति एकै परिवारका दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो । शनिबार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । ‘दुई पुरुष र एक महिलालाई सोधपुच्छको लागि नियन...

आमाछोरीको हत्या प्रकरण अपडेट : तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न सकेनन (फोटो फिचरसहित)

आमाछोरीको हत्या प्रकरण अपडेट : तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न सकेनन (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा शुक्रबार राति आमा २८ वर्षि शारदाकुमारी चौधरी (गोमा) र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको घाटी रेटी हत्या भएको छ । धरानबाट हत्याको अनुसन्धानका लागि मगाएको तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न नसकेर फर्किएको छ । धरानबाट अनुन्धानका लागि आएको लैला नामक तालिम प्राप्त कुकुर र सई डा. दयाराम श्रेष्ठको टोलीले अनुसन्धान थालेपनि हत्यारासम्म पुग्न नसकेको हो ।...

उदयपुरमा धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या

उदयपुरमा धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या
उदयपुर । उदयपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या गरेको छ । शुक्रबार राति त्रियुगा नगरपालिका ९ स्थित चौकीबारीमा आमा २८ वर्षिय सारदा कुमारी चौधरी (गोमा) र ९ वर्षिय छोरी रत्ना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको घाटी रेटिएको अवस्थामा लाश छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर...

समाजवादी पार्टीकी नेतृ सुनिता साह निवासबाटै पक्राउ

समाजवादी पार्टीकी नेतृ सुनिता साह निवासबाटै पक्राउ
सप्तरी । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दाको आरोपमा शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो ।महानगरी प्रहरी वृत्त कमल पोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिए । ‘नेतृ साह विरुद्ध महानगरीय प्रहरी वृत...

सिन्धुपाल्चोकमा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु भएको पुष्टी

सिन्धुपाल्चोकमा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु भएको पुष्टी
काभ्रे । इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गईरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा हालसम्म १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा १ र धुलिखेल अस्पतालमा ७ जनाको मृत्यु भएको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।बसमा कति यात्रु सवार...

उदयपुरमा यस्तो देखियो ‘अमर प्रहरी’को सम्झनामा ६४ औँ प्रहरी दिवस (फोटो फिचर)

उदयपुरमा यस्तो देखियो ‘अमर प्रहरी’को सम्झनामा ६४ औँ प्रहरी दिवस (फोटो फिचर)
उदयपुर । नेपाल प्रहरीले आज आफ्नो ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको कार्यक्रममा कर्तव्यपालनाको क्रममा १४ जनालाई अमर प्रहरी घोषित गरिएको छ । प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न बिद्यामा सेवा गर्दै आएका प्रहरी निरीक्षकसहित ११ जना प्रहरी, १४ जना अमर प्रहरी परिवार र १ जना पुर्वप्रहरीलाई सम्मान गरिएको हो ...

सिन्धुपाल्चोकमा बस दुर्घटनामा १० को मृत्यु, ५० घाइते (फोटो फिचरसहित)

सिन्धुपाल्चोकमा बस दुर्घटनामा १० को मृत्यु, ५० घाइते (फोटो फिचरसहित)
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाको तिखुमोडस्थित यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १० को मृत्यु भएको छ भने ५० भन्दाबढी घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार यसरी मृत्यु हुने ३ महिला, ६ पुरूष र १ बालक रहेका छन्। उनीहरूको पहिचान हुन बाँकी रहेको छ। बा २ ख २७५१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । क्षतिको...

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ। करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापि...

दुई मोटरसाइकल एकआपसमा ठोकिदा दुईको मृत्यु, दुई घाइते

दुई मोटरसाइकल एकआपसमा ठोकिदा दुईको मृत्यु, दुई घाइते
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी बुधबार राति दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सो दुर्घटनमा बा६८प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपा...

युवती अपहरणमा स्कारपियो सहित तीन जना पक्राउ

युवती अपहरणमा स्कारपियो सहित तीन जना पक्राउ
राजेन्द्र महतो, लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अपहरणमा संलग्न तीन जनालाई स्कारपियो सहित पक्राउ गरेको छ । उदयपुरकी १६ वर्षिय एक युवतीलाई भारतीय नम्बरको बिआर ३२ प ४२६२ नम्बरको स्कारपियोमा भारततर्फ लगिरहेको अवस्थामा सिरहा नगरपालिका–९ गुलरिया टोलबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्...