रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण
उदयपुर । त्रियुगा नगरपालिकाको समन्वयमा सगरमाथा अञ्चल आयुर्वेद औषधलय उदयपुरले कोरोनासँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमताको आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण कार्य सुरु गरेको छ । आइतबार ४ गतेबाट त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा रहेका २६ जनालाई निःशुल्क आयुर्वेदिक औषधि बितरण तथा त्यहाँ योग प्रशिक्षण सुरु गरेको हो ।
कार्यलयले आत्माबल र रोगसँग लड्ने क्षमतावान आयुर्वेदिक औषधि...











