उदयपुर । त्रियुगा नगरपालिकाको समन्वयमा सगरमाथा अञ्चल आयुर्वेद औषधलय उदयपुरले कोरोनासँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमताको आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण कार्य सुरु गरेको छ । आइतबार ४ गतेबाट त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा रहेका २६ जनालाई निःशुल्क आयुर्वेदिक औषधि बितरण तथा त्यहाँ योग प्रशिक्षण सुरु गरेको हो ।
कार्यलयले आत्माबल र रोगसँग लड्ने क्षमतावान आयुर्वेदिक औषधिहरु बिषेश गरी क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुलाई वितरण गर्नुका साथै योग प्रशिक्षण समेत सिकाईएको थियो । त्यबाहेक शंकास्पद प्रभावित क्षेत्र र अन्य नागरिकहरुमा पनि औषधि वितरण भई रहेको सगरमाथा अञ्चल आयुर्वेदिक औषधालयका प्रमुख तथा आयुर्वेद चिकित्सक डा. सन्जिवकुमार यादवले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य जिवन कार्यक्रम अन्तर्गत उदयपुरमा पनि यस कार्यक्रमलाई अघि सारिएको यादवले बताए । यादबले जिल्लाको आठ वटै पालिकाहरुमा यो अभियान संचालन गरिने यादवले बताए ।
यादवका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुलाई आत्मबल र स्वास्थ्य राख्न दैनिक रुपमा योग प्रशिक्षणको कार्य समेत कार्यलयबाट भईरहेको बताए । उनीहरुलाई प्रशिक्षक राधाकृष्ण रायबाट निरन्तर योग प्रशिक्षण भई रहेको उनले भने । कार्यलयले रोक प्रतिरोधात्मक क्षमता बृद्धिका लागि दुई किसिमको निःशुल्क औषधिहरु वितरण गर्दे आईरहेको छ । यादवका अनुसार अहिले आयुर्वेदिक काँढा (त्रिकट्टी) र अश्वागन्ध गरी दुई किसिमको औषधिसँगै नियमित योग प्रशिक्षणको काम भईरहेको बताए । कार्यलयले मोतिगडाका क्वारेन्टाइनमा रहेकाहरु २४ जनालाई १५ दिन पुग्ने गरी औषधि नगर प्रमुख बलदेब चौधरीलाई हस्तान्तरण गरेको बताए ।
यादवले आयुर्वेदिक काँडा (त्रिकट्टी) मा गुर्जो, सुकेको अदुवा सुन्ठी, मरिच र पिप्लाको समिश्रन हुन्छ र यसलाई खानका लागि २ गिलास पानीमा २ इन्चको गुर्जोलाई कुटेर बनाएको धुलो, १ ग्राम त्रिकट्टी चुर्ना मिसाएर पकाउने र सुकेर १ गिलास भएपछि चिया जस्तो छानेर खाली पेटमा बिहान खाने यादवले बताए । त्यसैगरी अश्वागन्धालाई चै अश्वागन्धा चुर्ना ४ ग्राम र एस.टी मधु २ ग्रामको समिश्रनमा, भए दुधमा नभए मन तातो पनीमा बिहान बेलुका खाना खाएपछि प्रयोग गर्न सकिने यादवले बताए ।
कार्यलयले त्यो भन्दा बाहेकको स्वास्थ्य अवस्था अनुरुप क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुलाई आवश्यक औषधीहरु पनि निःशुल्क उपलब्ध गराएको यादवले जनाए । दैनिक रुपमा योग संञ्चालनसँगै दैनिक जसो उनीहरुको अवस्थाको बारेमा सोधपुछ गरी आवश्यक परे अन्य बिरामीको औषधीहरु पनि उपलब्ध गराउने यादवले बताए । त्यसको अलाबा कार्यालयले बालबालिकाहरुका लागि बाल अमृत, सुत्केरी आमालाई शताब्दी चुण, रुघाखोकीको सितोपलादी चुण उपलब्ध गराउदै आएको डा यादबको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया