हाइटेन्सन मोटर मर्मत पछि उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन शुरु
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर मर्मत पछि क्लिंकर उत्पादन बुधबारबाट शुरु भएको छ । विद्युत् भोल्टेज गडबडी हुँदा २ महिना अगाडी हाइटेन्सन मोटर जलेर क्लिंकर उत्पादन बन्द भएको थियो ।
उद्योगको क्लिंकर उत्पादन गर्ने हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत गरेर ल्याएपछि क्लिंकर उत्पादन शुरु भएको...











