काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार अपरान्ह विशेष बुलेटिन जारी गर्दै देशका केही भागमा मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा सामान्यदेखि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १, २, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भूभागबाट बहने साना नदीमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन तथा पहाडी भूभागमा पहिरोको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया