उदयपुरबाटै सवारी चालक अनुमति पत्र वितरणको काम शुरु
उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले अव उदयपुरबाटै सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भएपनि पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ ।
यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट कात्तिक २९ गते सोमबार लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नविकरण...













