अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित, कत्तै पहिरो कत्तै डुवान (तस्विरसहित)
उदयपुर । केहि दिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित तुल्याएको छ । बर्षाले पहाडी क्षेत्रमा पहिरो गएको छ भने समथर भुभाग डुवानमा परेको छ । ग्रामिण सडक संजाल अवरुद्ध भएको छ ।
पहिरोले दुई घर बगायो
निरन्तरको बर्षातले उदयपुरको ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जानुका साथै घर पुरिएका छन् । पहिरोले ताप्ली गाउँपालिका ५ गैरिगाउँका रबी रम्तेल र वडा नं. २ धारापानीमा पृथ्वी बहादुर पर...











