अमेरिकी पत्रकारलाई देश छोड्न चीनको निर्देशन
एजेन्सी- चीनले तीन अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई निष्कासन गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकी सञ्चारमाध्याम न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारको प्रेस प्रमाणपत्र रद्द गर्ने बताएको हो र ती पत्रकारलाई तुरुन्तै देश छोड्न पनि निर्देशन दिएको छ ।
तर कति पत्रकार निष्कासनमा परेका हुन् भन्ने स्पष्ट भएको छैन । निष्कासनमा परेका पत्रकारले हङकङ, मकाउमा बस...













