औषधिहरुको समिश्रण गरी लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने पक्राउ

औषधिहरुको समिश्रण गरी लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ५ स्थित सूर्य उपचार क्लिनिकमा अवैध रुपमा औषधि पसल संचालन गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही ठाँउका क्लिनिक संचालक सूर्यमान श्रेष्ठ रहेका छन् ।क्लिनिकमा अबैध रुपमा औषधि पसल संचालन गरि विभिन्न किसिमका औषधिहरुको समिश्रण तयार गरी दुरुपयोग गरि लागूऔषध प्रयोगकर्ताहरुलाई बेचबिखन गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार बेलुका ७ः१५ बजे पक्राउ गरेको ...

उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त

उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त
उदयपुर । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार उदयपुरमा चैत्र मसान्तसम्मा २ सय ७६ शिक्षकको दरबन्दी रिक्त हुँदैछ । प्राथमिक विद्यालय तहमा २ सय ११ जना, निम्न माध्यमिक तहमा ४९ जना र माध्यमिक तहमा १६ जना शिक्षकको द...

उदयपुरमा खोलाले बगाएर एक कर्मचारीको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक कर्मचारीको मृत्यु
उदयपुर । उदयपुरमा खोलाले बगाएर थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालका ८ महादेवस्थान बस्ने ५९ वर्षिय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । नेपालटारबाट घर फर्कने क्रममा मंगलबार साँझ ६ बजेको समयमा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले एक किलोमिटर बगाई ढुंगाको चेपमा अडकिएको अवस्थामा बुधबार मात्रै शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरीले आवश्य...

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु
उदयपुर । खोलाले बगाउँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ बिलाउनेस्थित कोरिया खोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुकबहादुर खड्काको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको चहकासम्म दुध पुर्याएर आउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । लाशको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । स्थानीयहरुलाई दमौटी देखि चहकासम्म पुग्न कोरिया ख...

उदयपुरमा वर्षातले ३५ प्रतिशत धान नष्ट, किसान मारमा

उदयपुरमा वर्षातले ३५ प्रतिशत धान नष्ट, किसान मारमा
उदयपुर । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको छ । मंगलबारदेखि अविरल रूपमा परिरहेको वर्षातका कारण उदयपुरमा धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । यस्तै बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाहरुको क्षेत्रमा लगाएका ३५ प्रतिशत खेतका धान नष्ट भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ...

उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै

उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन कर्मचारी उमेर हद वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका छन् । २०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा नायव महाप्रबन्धक, निर्देशक देखि हेल्पर र पालेसम्म रहेका छन् ।उमेर वा सेवा अवधिका कारणले अवकाश पाएका उनीहरु उपदान नपाएर रित्तो हात घर फर्किंदै छन् । अवकाश पाएका डेढ दर्जन बढी कर्मचारीहरुले उपदान (निवृत्तभरण रकम) नपाएको गुनासो उद्योगको कर्मचारीव...

थारुहट रंगशालामा ओपन जिम संञ्चालन

थारुहट रंगशालामा ओपन जिम संञ्चालन
गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए । ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा ल्याउनु पर्ने बताए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा ग...

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु
उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् । जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आ...

नागरिक बहस आजबाट चौथो वर्षमा प्रवेश

नागरिक बहस आजबाट चौथो वर्षमा प्रवेश
नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा ...

वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण

वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण
कञ्चनपुर। नेपालमा भत्तामा र्याल काढ्ने प्राय कमै व्यक्ति हुन्छन तर, कञ्चनपुरको एक वडाध्यक्ष आफ्ले पाएको विभिन्न भत्ताहरु असाह्य, गरिव, विपन्न, अपाङ्ग, वृद्धवृद्धालाई वितरण गरेको छ । दशैं तिहारलाई लक्षित गरी वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले आफ्नो भत्ता गरिब, विपन्न, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई वितरण गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष कुवँरले आइतबार र सोमबार गरी वडाका १ सय ४२...