गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए ।
ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा ल्याउनु पर्ने बताए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा गर्न यस ओपन जिमले थप सहयोग पुगेको बताए । मानव जिवनमा स्वास्थ्य अत्यावश्यक क्षेत्र रहेको भन्दै अव थप स्वास्थ्यका लागि यस जिमले ठुलो महत्व राख्ने चौधरीले बताए ।
मान्छेले स्वास्थ्यको लागि धेरै खर्चेर निजि जिम हलरुमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै यसलाई व्यवस्थीत तरिकाले सबैले प्रयोग गर्न पाउने मेयर चौधरीको भनाई छ ।
जिमले पनि मानिसलाई स्वस्थ्य राख्न मद्दत पुग्ने भएकोले यसको आवश्यकता रहेको बताए । जिमका लागि आवश्यक सम्पूर्ण भौतिक साधनहरुलाई खुल्ला फिल्डमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । अब यसलाई थप सुरक्षित गर्न धारबारको कार्यलाई अग्रता दिईने अध्यक्ष श्रेष्ठले जनाए ।

तपाईको प्रतिक्रिया