सिद्धिचरण राजमार्गमा अलपत्र सवारी साधन गन्तव्य तिर
उदयपुर । असारको अन्तिम साता पानीसँगै गएको पहिरोले सिद्धिचरण राजमार्गको माथिल्लो खण्डमा अलपत्र सवारी साधन गन्तव्य तिर लागेका छन् । ठाँटी भन्ज्याङ देखि घुर्मी सम्म करिव दुई दर्जन ठाउँको पहिरो पन्छाएपछि अलपत्र परेका १ सय ६० वटा सवारी साधन गन्तव्य तिर लगोका छन् ।
सगरमाथा क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको सिद्धिचरण राजमार्ग पहिरोले सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जाने र काठमाडौ...













