थारु समुदायमा जितिया पर्वको उत्साह ( २५ फोटो फिचर)

थारु समुदायमा जितिया पर्वको उत्साह ( २५ फोटो फिचर)
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) धुमधामका साथ मनाउँदै छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले शनिबारबाट शुद्ध जितियाको शुरुवात भएको थियो । पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिला ३६ घण्टा लामो निराहार उपवास बसिरहेका छन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा...

१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु

१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ । आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत...

उदयपुरमा संविधान दिवस भव्य (फोटो फिचरसहित)

उदयपुरमा संविधान दिवस भव्य (फोटो फिचरसहित)
उदयपुर । अघिल्ला बर्षको तुलनमा यस बर्ष संबिधान दिवस भव्यताका साथ मनाइएको छ । सेना, प्रहरी र कर्मचारीमा सिमित रहने दिवस यो बर्ष राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, कर्मचारी, बिद्यार्थी गरी तीन हजार बढिको संख्यामा उपस्थिति भई विविध कार्यक्रम आयोजना गरी मनाइएको हो । दिवसको अवसरमा रिले दौड, जनप्रतिनिधिसहितको हाजिरीजवाफ प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, रक्तदान, बृक्षारोपण, दिपावली ...

गाईघाटमा कपडा बैंक स्थापना (फोटो फिचर)

गाईघाटमा कपडा बैंक स्थापना (फोटो फिचर)
उदयपुर । संविधान दिवस २०७६ को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । गाईघाटको लोकतान्त्रिक पिपल चौकमा कपडा बैंकको उद्घाटन प्रतिनिधि सभा सांसद सुरेशकुमार राई (हिमाल)ले गरेका थिए । प्राकृतिक प्रेमी समाजको अगुवाईमा कपडा बैंकको स्थापना भएको हो । उद्घाटनसंगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई समेत कपडा वितरण गरिएको थियो । विभिन्न सामाजिक संघ संस्था समेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगु...

प्रदेश २ को संविधान दिवस : कतै कालो, कतै उज्यालो

प्रदेश २ को संविधान दिवस : कतै कालो, कतै उज्यालो
सप्तरी । नयाँ संविधान घोषणा भएको आज चार वर्ष पूरा भएको छ । ३ असोज, २०७२ मा तत्कालिन राष्ट्रिपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए । तराईका जनताहरुको माग सम्बोधन नगरिकनै ल्याएको संविधानको विरोधमा मधेशमा आन्दोलन राप दन्किरहेको थियो । दर्जनौंको ज्यान मात्रै गएन, असंख्यक आन्दोलनकारी घाइते भए । संविधान जारी भएको दिनको सम्झना गर्दै सघीय,प्रदेश र स्थानीय सरकारले विविध कार्यक्रमको आयोजन गरेर आज संव...

आज चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

आज चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
काठमाडौं / नेपालको ऐतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् । दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएको संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले जारी गर्नुभएको हो । नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता, ...

कटारी नगरपालिकाको वडा कार्यालयमा लागेको ताला ४ दिन पछि खुल्यो

कटारी नगरपालिकाको वडा कार्यालयमा लागेको ताला ४ दिन पछि खुल्यो
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० नं. वडा कार्यालयमा स्थानीयले लगाएको ताला नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टोलीले बिहीबार खोलेको छ । स्थानीय स्वास्थ्य चौकीमा कार्यालय सहयोगी नियुक्तिको विषयमा बिबाद भएपछि असन्तुष्ट पक्षले गत सोमबार लगाएको ताला प्रहरीसहित गएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सहमति जुटाएर खोलेको हो । स्वास्थ्य चौकी सोरुङछविसेमा रिक्त कार्यालय सहयोगी नियुक्तिक...

संविधान दिवस विशेष : हाजिरी जवाफमा प्रदेश कर्मचारी समुह प्रथम, विद्यार्थी दोस्रो

संविधान दिवस विशेष : हाजिरी जवाफमा प्रदेश कर्मचारी समुह प्रथम, विद्यार्थी दोस्रो
उदयपुर । संविधान दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रदेश तहका कर्मचारी समुह प्रथम भएको छ । दोस्रो स्थानमा बरुवा क्याम्पस गाईघाट समुह सफल भएको छ भने तेस्रा स्थानमा संघीय कर्मचारी समुहले स्थान हाँसिल गरेको छ । उनीहरुले क्रमशः १४०, १३० र १०० अंक प्राप्त गरेका थिए । सहभागिहरुले प्राप्त गरेको स्थान प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले घोषणा गर्नुभयो । प्रतियोगिता...

त्रियुगा नगर सरकारले जितिया पर्वमा दियो सार्वजनिक विदा

त्रियुगा नगर सरकारले जितिया पर्वमा दियो सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु तथा मधेशीहरुको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यसमितिको बसेको बैठकले असोज ५ गते एक दिन बिदा दिने निर्णय गरेको हो । थारु तथा मधेशी समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य...

त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने

त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने
उदयपुर । तीन महिना अघि देखा परेको डेङ्गु रोग उदयपुरमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरसहित स्थानीय नगरपालिका र गाउँपालिकाले नियन्त्रणको प्रयास गर्दा समेत डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । डेंगु नियन्त्रणका विषयमा मंगलबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा नगरपालिकाले डेंगु टेष्ट गर्न विरामीलाई निःशुल्क किट उपल...