उदयपुर । संविधान दिवस २०७६ को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । गाईघाटको लोकतान्त्रिक पिपल चौकमा कपडा बैंकको उद्घाटन प्रतिनिधि सभा सांसद सुरेशकुमार राई (हिमाल)ले गरेका थिए ।
प्राकृतिक प्रेमी समाजको अगुवाईमा कपडा बैंकको स्थापना भएको हो । उद्घाटनसंगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई समेत कपडा वितरण गरिएको थियो ।
विभिन्न सामाजिक संघ संस्था समेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगुवाईमा केही दिन यता नयाँ तथा लगाउन मिल्ने राम्रो कपडाको संकलन गरि कपडा बैंकमा जम्मा गरिएका थिए । करिव पाँच सय थान कपडा संकलन भएको र वितरण गरिएको प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
कपडा बैंकको लागि कर्मचारी मिलन केन्द्र, त्रियुगा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ उदयपुर, पेशोक नेपाल, गैर सरकारी संस्था महासंघ, जिल्ला साइकलिङ्ग संघ, दाह्री ग्याङ लगायत यस अभियानको सहयात्री संस्था हुन् ।
कपडा बैंक विपन्न, गरिब र विपत्तिमा परेकालाई सहयोग गर्ने हेतुले शुरुवात गरिएको र निरन्तर रुपमा चल्ने अभियान्ता तथा गैर सरकारी संस्था महासंघकी सल्लाहकार सिर्जना दनुवारले बताईन् ।
कपडा बैंक उद्घाटन कार्याक्रममा प्रदेश सांसदहरु, स्थानीय निकाय प्रमुख, जिल्लाका सरकारी निकायका प्रमुखहरु, नागरिक समाज, पत्रकार, व्यापारी, व्यवसायी लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता प्राकृतिक प्रेमी समाजका अध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए ।


















