सप्तरीको छिन्नमस्ता ७ मा नेकपाका उम्मेदबारलाई ११ मतको अन्तरले पछि पार्दै राजपाकी यादव विजयी

सप्तरीको छिन्नमस्ता ७ मा नेकपाका उम्मेदबारलाई ११ मतको अन्तरले पछि पार्दै राजपाकी यादव विजयी
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा राजपा नेपालकी उम्मेदवार प्रमिलादेवी यादव विजयी भएकि छिन् । उनी ५४० मत ल्याई विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५२९ मत ल्याएका छन् । त्यस्तै काङ्ग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका उम्मेद्वार दिनेशकुमार यादवले ११ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत दिलिपकुमार यादवले जनाए । य...

महोत्तरीमा २० मतको अन्तरले नेकपाका उम्मदेबारलाई हराउँदै राजपाका नायक विजयी

महोत्तरीमा २० मतको अन्तरले नेकपाका उम्मदेबारलाई हराउँदै राजपाका नायक विजयी
काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् । नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए । यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा...

भोजपुरमा नेकपाका उमेदवार विजयी

भोजपुरमा नेकपाका उमेदवार विजयी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका –१ मा नेकपाका उमेदवार विजयी भएका छन् । नकपाका उम्मेदवार जितेन्द्र राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त वडामा यस अगाडि नेपाली कांग्रेसले जितेको थियो । राईले ६९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीले २५४ मत प्राप्त गरे । मंगोल नेसनल अर्गजनाईजेसनका उम्मेदवार कला राईले तीन मत प्राप्त गरिन् ।

बैतडीमा दुई तिहाईलाई पछि पार्दै कांग्रेसले पनि खाता खोल्यो

बैतडीमा दुई तिहाईलाई पछि पार्दै कांग्रेसले पनि खाता खोल्यो
बैतडी । उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सुर्नया १ मा ६०९ मतदातामध्ये ४३८ मत खसेको थियो।

देशभर नेकपाको पक्षमा माहोल, दक्षिणकालीमा नेकपाका उमेदवार विजयी

देशभर नेकपाको पक्षमा माहोल, दक्षिणकालीमा नेकपाका उमेदवार विजयी
काठमाडौं । आज भएको उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभर जित्ने क्रम जारी छ । देशभरबाट अहिलेसम्म नेकपाले नौं वटा वडा जितेको खबर प्राप्त भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवा...

खोटाङको साकेलामा नेकपाकी राई विजयी

खोटाङको साकेलामा नेकपाकी राई विजयी
खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं.३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राईले ३९१ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसले ३७४ मत प्राप्त गरेका थिए ।

इन्द्रावती-५ मा नेकपा विजयी

इन्द्रावती-५ मा नेकपा विजयी
काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा विजयी भएको छ। शनिबार भएको निर्वाचनमा नेकपाका केदारनाथ आचार्य ७१२ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका अशोक तामाङले ४३९ मत ल्याए। राप्रपा संयुक्तले १२, राप्रपा नेपालले ३ मत पायो। कुल खसेको ११७५ मध्ये ९ मत बदर भएको थियो।

धुलिखेलमा नेकपाका उमेदवार विजयी

धुलिखेलमा नेकपाका उमेदवार विजयी
काभ्रे–काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।

उपनिर्वाचन : दुई तिहाईलाई हराउँदै समाजवादी पार्टीले खोल्यो खाता

उपनिर्वाचन : दुई तिहाईलाई हराउँदै समाजवादी पार्टीले खोल्यो खाता
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत र अर्का सत्तारुढ नेकपाले ३ सय २८ बराबरी मत प्राप्त गरेको छ भने जनमत पाटीले ५२ ल्याएको छ । नेपाली काँग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकार...

सुन्दरबजार-२ मा पनि नेकपा नै विजयी

सुन्दरबजार-२ मा पनि नेकपा नै विजयी
काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि उपचुनाव भएको हो ।