वडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन
उदयपुर । कटारी नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । स्थानीय सरकार जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार वडा कार्यालयले स्वास्थ्य शिविर संचालन गरेको हो ।
पहिलो पटक गरिएको शिविरमा आँखा र कानको जाँच गरिएको छ । शिविरमा जाँच गराउन आउनेको लागि सम्पूर्ण औषधिहरू वडा कार्यालयले निःशुल्क वितरण गरेको वडाध्यक्ष प्रेम बहादुर थापाले बताए । उनले भने, ...













