सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी यातायात ठप्प
उदयपुर । सगरमाथा प्रवेशद्धारको रुपमा परिचित सिद्धिचरण राजमार्गको स्तरोन्न्नतीको माग गर्दै स्थानीयहरुले यातायात ठप्प गरेको छ । स्थानीयहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने बताउँदै आएका छन् । वि.सं. २०५२ देखि नै निर्माण शुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्ड यतिका वर्ष वितिसक्दा पनि भत्केको खाल्डा समेत पुनःनिर्माण हुन नसक्दा सडकखण्ड अहिले जीर्ण...













