गठबन्धन दलको साँझा सहमति बमोजिम सरकार पुरै अवधि चल्ने – परराष्ट्रमन्त्री डा.खड्का
गाईघाट । गठबन्धनमा रहेका राजनीतिक दलहरु विचको साँझा सहमतिका एजेण्डाहरुका आधारमा सरकार पुरै अवधिसम्म टिक्ने परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल प्रेस युनियन उदयपुरद्धारा सोमवार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।
पत्रकारहरुले यो सरकारको आयू कहिलेसम्म हो ? भन्ने प्रश्नको जवाफ दिदै मन्त्री डा.खड्काले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले दुई दुई पटक संसद विघटन गरी मुलुकलाई अस्थिरता...













