उदयपुरमा बोलेरो दुर्घटनामा विष्णु राउतको मृत्यु, ९ जनाको उपचार हुँदै
गाईघाट । उदयपुरको कटारी बजारबाट मयंखु जाँदै गरेको बोलेरो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा १० जना घाइते मध्ये एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कटारी नगरपालिका १३ का २० वर्षिय बिष्णु राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गम्भिर घाइते राउतको बि...













