जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड
काठमाडौं : बुद्ध जन्मस्थलमै बुद्धमूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा रहेका बुद्धका मूर्तिहरु तोडफोड भएका हुन्।
बुटवल बेलहिया सडक खण्ड अन्तर्गत ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका पाँच मूर्ति बुधबार राति अज्ञात व्यक्तिले तोडफोड गरेको स्थानीय प्रशासनले जनाएको छ। मूर्ति तोडफोड गरिएको स्थान बुद्ध जन्मस्थल लुम्बिनीसँग नजिकै हो।
...












