उदयपुर । गएराती उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ नम्वर वडामा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता भएका छन । रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा एक महिला बेपत्ता भएकी हुन ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काका अनुसार ५५ वर्षे रणमाया रिखाम पहिरोले घर पुरिदा बेपत्ता भएकी छिन भने उनै एक छोरा छोरा घाइते भएका छन ।
साथै सोही गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिराले पुरिएर अर्जुन तामाङको ९ वर्षिय छोरा आर्यन तामाङ वेपत्ता भएको छ भने श्रीमति घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।
एसपी बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायतको बगाएको छ । थुनिएको खोला खोलिएमा रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुचीका व्यवसायी, स्थानीयहरु घर छोडेर सुरक्षित स्थान तिर लागेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए । ‘मुर्कुची बस पार्कमा रहेको एउटा गाडी बगाएको जानकारी आएको छ,’ उनले भने, ‘छौडिया खोला थुनिए पनि अहिले खोलिएकोले वरिपरिका ३ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ ।’


तपाईको प्रतिक्रिया