थारु समुदायमा जितिया पर्वको उत्साह ( २५ फोटो फिचर)
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) धुमधामका साथ मनाउँदै छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले शनिबारबाट शुद्ध जितियाको शुरुवात भएको थियो ।
पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिला ३६ घण्टा लामो निराहार उपवास बसिरहेका छन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा...













