कटारीका लेखा अधिकृत ढकालले नगरपालिकाको चार करोड भ्रष्टाचार गरेको अदालतको ठहर
उदयपुर - विशेष अदालतले कटारी नगरपालिका लेखा अधिकृत रविनचन्द्र ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गर्न १९ भदौमा पेसी तोकेको छ । वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको अदालतको ठहर छ ।
यो मुद्दामा ढकाल र ढकालको श्रीमती, आमा र काकीको नाममा रहेको सम्पत्ति जफत हुने आदेश भएको छ । विशेष अदालतका अध्यक्...













