उदयपुर । थारु सिंगिङ स्टारको प्रथम संस्करणको तयारी पुरा भएको आयोजक संस्था विवेकशील थारु युवा समूहले जनाएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पत्रकार सम्मेलन गर्दै थारु सिंगिङ स्टारको तयारी पुरा भएको जनाकारी गराएको हो ।
थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन भोली शनिबार विहान १० बजे गाईघाटको टाउन हल छेउकै मेलिना होटलमा हुने आयोजकले जनाएको छ । प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको संस्थाका सचिव वीरबल गच्छदारले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार पहिलो अडिसन गाईघाटमा माघ ११ गते औपचारिक कार्यक्रम गरी उद्घाटन हुने जनाएको छ ।यस्तै माघ १४ गते झुम्का, १८ गते विराटनगरको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन कार्यक्रम रहेको संस्थाको सचिव गच्छदारले बताए । उनका अनुसार कार्यक्रमले थारु समुदायमा लुकेर रहेका थारु गायन प्रतिभालाई पहिचान गरी उजागर गरि प्रोत्सहान गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको सचिव गच्छदारले बताए । सिंगिङ स्टारका विजेता तथा उपविजेतालाई नगद, ताज सहित थारु तथा नेपाली गीत गाउनमा चान्स दिइने सचिव गच्छदारले बताए ।
प्रतियोगिताको लागि अडिशन शोहरुमा निर्णायक भूमिकामा गायक तथा संगीतकार विभास चौधरी, गायक आर.सी. चौधरी, प्रकाश माझी, गीता चौधरी, सुनिल माझी र प्रज्वलदिप विश्वास रहने छन् ।
गायन कलालाई मर्यादित बनाउँदै व्यवसायीक वनाउन पहल गर्दै अग्रज व्यक्तिहरुको समानसंगै नयाँ पुस्तालाई अवसर प्रदान गरी कलाकारहरुका लागि संस्थागत विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।
अडिशन शोबाट छनौट भएका प्रतियोगिहरुलाई पहिलो, दोस्रो गर्दै पाँचौं चरण हुँदै पाइनल चरणमा तीन जना प्रतियोगि छनौट गरिने छ । छनौटमा परेका प्रतियोगिताबाट नै थारु सिंगिङ स्टारको ताज पहिरिने छ ।

तपाईको प्रतिक्रिया