फाइल तस्विर

राजेन्द्र महतो, लहान । लागूऔषध सहित उदयपुर कटारीका तीन युवा सिरहा माडरबाट पक्राउ परेको छ । सिरहा नगरपालिका १७ माडरबाट सशस्त्र प्रहरीले भारतबाट पैदल नेपाल आउँदै गरेको अवस्थामा एक सय ट्याब्लेट निट्राजिपाम लागुऔषधसहित कटारी नगरपालिकाका तीन युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका १ का १७ वर्षिय राहुल घले मगर, वडा नं. २ का २० वर्षिय दिलबहादुर खत्री र अर्का २० वर्षिय मिल माझी रहेको छ । पक्राउ परेका तीनै जनालाई आवशयक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया