राजेन्द्र महतो, लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीय छोरी लक्ष्मीकुमारी यादव र ४ वर्षीय आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया