उदयपुर । उदयपुरमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका २७ वर्षिय महेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाही विरुद्ध २ वर्ष ११ महिना २१ दिन कैदको फैसलामा फरार प्रतिवादी हुन् । पक्राउ परेका प्रतिवादी शाहीलाई जिल्ला अदातलमा उपस्थित गराई जिल्ला करागार चलान गरेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया