लहान । सिरहाको लहान नगरपालिका २४ मा ९ महिने एक दुधे बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेका छन् । घरका मानिसहरु काम गर्न खेत गएका थिए । मात्र ९ महिनाकी दुधे बालिका बलात्कार भएपछि घटनाले चर्चा पाएको छ । यतिबेला जताततै यही घटनाको चर्चा सुनिन्छ ।
बलात्कृत बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् । बलात्कृत बालिकाको अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले जनाएको छ । बालिकालाई अत्यधिक रक्तस्राब भएको छ । बालिकाको स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया