उदयपुर । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै सिके राउतले पटक पटक मधेश नेपाल होइन भनेको कुरा फिर्ता किन नलिएको भन्दै नेपाल सरकारप्रति कटाक्ष गरेका छन् । पछिल्लो राजनीतिक घटना क्रमलाई लिएर उनले आफ्नो फेसबुक स्टाट्समा यस्तो टिप्पणी गरेका हुन् ।
‘सि. के. राउतसंग सम्झौता गर्नु ठूलो कुरा होइन । कुनै पनि विद्रोही शक्तिसंग कुराकानी गर्न सकिन्छ । तर, संविधान, कानुन र राजनैतिकताका सम्वन्धमा सम्झौता हुन सक्दैन । नेपाल एउटा सार्भभौम देश हो । किराँत वंशको क्यालेन्डर हेर्ने हो भने, नेपालको ५०७८ बर्षको इतिहास छ । यस्तो देश फुटांउछु भन्ने मानिसले हिजो अपराध गरेकै हो ।’
१. सम्झौता “स्वतन्त्र मधेस” संग सम्झौता गर्नु पूर्व यसको परिभाषा गर्नु पथ्र्यो । किन गरिएन ? यसबाट हचुवामा काम हुँदा सरकारले गुमाएको देखियो ।
२. हिजो पटक पटक मधेस नेपाल होइन भनी भनेको कुरा फिर्ता लिएको खोइ ? राष्ट्रसंग माफी मागेको खोई ? किन सरकारले मात्र हिजोका गल्तीलाई बिर्सने कुरा गर्यो ? सरकारले बिर्सन पाउछ तर हिजोको राष्ट्रघाती कुरा प्रती माफी मागिनु पर्छ ।
३. उनका कार्यकर्ता मधेस स्वतन्त्र देश हुने कुराको प्रचार गरिरहेका छ्न । अन्तर्राष्ट्रिय संस्थामा मधेसीहरु नगारिकता वा राज्यहिन भएको बताई रहेका छन ।
४. अहिले पनि युनाइटेड मधेश एलाइन्स अनरिप्रिजेन्टेड नेशनस एण्ड पपुलेसन अर्गनाइजेसन (यूएनपीओको सदस्यता) को सदस्य अथावत छ । यसका बारेमा सम्झौतामा केही उल्लेख छैन ।
सरकारले होशियार हुनुपर्छ । राष्ट्र हरेक नागरिकको हो । सरकारले सबै जनतालाई समेटनु पर्छ ।
हेर्नुस् डा. युवराज संग्रौलाको फेसबुक स्टाट्स
सि के राउतसङ्ग सम्झौता गर्नु ठूलो कुरा होइन। कुनै पनि बिद्रोही शक्ति सङ्ग कुराकानी गर्न सकिन्छ। तर संबिधान, कानुन र…
Posted by Yubaraj Sangroula on Monday, 11 March 2019









