बुटवल । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको बटमलाइन कायमै रहेको बताएका छन् । गठबन्धन रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग कुनै सम्झौता नभएको बताएको छ ।
गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र जनमत संग्रहबारे कुनै सहमति नभएको बताएको भोलिपल्ट स्वतन्त्र मधेश गठबन्धनले यस्तो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सरकारसँग सहमति भएपनि आफ्नो बटमलाईन स्वतन्त्र मधेशको मुद्दा नबिर्सिएको बताएको हो ।
गठबन्धनका रुपन्देही संयोजक भूपेन्द्र यादवले शान्तिपूर्ण र संसदीय प्रणालीबाटै स्वराज आन्दोलन अघि बढाउने बताए ।
‘हाम्रो जुन स्वतन्त्र मधेसको बटमलाइन छ, त्यसलाई बिर्सिएका छैनौँ, सरकारसँग पनि यसबारे कुनै सम्झौता भएको छैन–उनले भने –अब जनताको म्यान्डेट लिएर त्यही रोडम्याप अनुसार संसदीय प्रणालीबाट प्रक्रियागत रुपमा अगाडि बढ्छौँ ।’
उनले अन्तर्राष्ट्रिय स्तरमा दर्ता गरिएका मधेशसम्बन्धी मुद्दाको विषयमा सरकारसँग कुनै सहमति नभएको भन्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटो समेत खुल्ला गरेको बताए ।
उनका अनुसार रुपन्देही जिल्लामा सरकारले प्रक्रियागत र शान्तिपूर्ण रुपमा स्वराज आन्दोलन अगाडि बढाउन सरकारले कुनै हस्तक्षेप नगर्ने सहमति भएको छ ।
राजनितिक मुद्दा राजनितिक रुपमा समाधान गर्नुपर्ने भए पनि राजपाका नेता रेश्म चौधरीलाई जेल सजाए हुनु दुःखद विषय रहेको उनले बताए । उनले रेशम चौधरीको रिहाई (न्याय) को लागि गठबन्धन अघि बढ्ने बताए ।
गठबन्धन रुपन्देहीले सरकारसँग भएको एघार बुँदे सहमतिले गठबन्धनलाई एघार बुँदे नै फाइदा भएको निष्कर्ष समेत निकालेको छ ।
सरकार र गठबन्धन बीच ११ बुँदे सहमति भएपछि ‘रुपन्देही स्वतन्त्र मधेस गठबन्धन’ले निकालेको ११ बुँदे निश्र्कर्ष :










