उदयपुर – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले उदयपुरको क्षेत्र नम्बर १ (क) बाट टिकट पाएका विमल कार्कीलाई जिताउन नसकिने नेकपा एमालेका नेता कार्यकर्ताहरुले बताएको छ । एमाले पार्टी केन्द्रले उदयपुर क्षेत्र नं. १ (क) मा कार्कीलाई उम्मेदवार बनाएपछि प्रदेश समन्वय कमिटी प्रदेश उदयपुरले असन्तुष्टि जनाएको हो ।
पार्टीको प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेका ७ जनामध्ये कसैलाई ठिकट नदिएर सो क्षेत्रमा सिफारिस नपरेका कार्कीलाई उम्मेदवार बनाइएको भन्दै टिकट परिवर्तन गर्न दवाव दिइएको छ । शनिबार बसेको बैठकले अन्तर पार्टी निर्देशन बमोजिम ७ जना उम्मेदवार सिफारिस भएकाहरुलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य कार्कीलाई टिकट दिनु पार्टी विधान र अन्तरपार्टी निर्देशन (अपानि) विपरीत भएको ठहर गरेको छ ।

कार्की २०७४ सालको उदयपुर क्षेत्र नं. १ (क) बाट प्रदेश सदस्य निर्वाचित सदस्य हुन् । उनले प्रतिनिधि सभा निर्वाचनको लागि आफ्नो दावी पेश गरेपनि केन्द्रिय कमिटीले पुनः प्रदेश सदस्यको लागि टिकट दिइएको छ । निर्वाचनका लागि उम्मेदवार सिफारिसमा माथिल्लो कमिटीले गलत निर्णय गरेको भन्दै निर्णय सच्याउन निर्वाचन क्षेत्र नं. १ प्रदेश समन्वय कमिटी माग गरेको छ ।

निर्वाचन क्षेत्र नं. १ (क) का लागि सिफारिस भएका ७ जना मध्ये जोकोहीले पनि टिकट पाएमा मान्य हुने अन्यथा विमल कार्कीलाई जिताउन नसकिने बैठकमा उपस्थित एक नेताले जनाएको छ । प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सिफारिस गरेको उम्मेदबारहरुलाई बेवास्था गर्दै सिफारिसनै नभएका ब्याक्तीलाई टिकट दिएको भन्दै उक्त निर्णय सच्याउन माथिल्लो कमिटीलाई अनुरोध गरिएको एक नेताले जानकारी दिए । बैठकमा तल्लो कमिटीको अनुरोधलाई पनि बेवास्था गरिएमा परिणाम जेपनि हुन सक्ने नेकपा एमाले उदयपुर निर्वाचन क्षेत्र १ प्रदेश क्षेत्र निर्वाचन समन्वय कमिटी प्रदेश १ (क) ले जनाएको छ ।

शनिबारको बैठकले यस अघि जिल्लाबाट सिफारिस भएका ७ जना आकांक्षी मध्ये पनि कुशलबाबु बस्नेतलाई सर्वसहमत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार जिल्लाबाट सिफारिस नै नभएका नेता बिमल कार्कीलाई पार्टीले टिकट दिने निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन । उनले प्रदेश सदस्यमा विमल कार्कीलाई कुनै पनि हालतमा हामीले जिताउन नसक्ने बताएका छन् ।

यस्तै प्रदेश कमिटी सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदबार शम्भु पौडेलले आफ्नो फेसबुक वालमा लेखेका छन् । “गोमन सर्पले डसेरै छोडो । म चुप लागेर बस्ने छैन । दुलोभित्र पसेपनि छोड्ने छैन ।”

यस्तै अर्का उदयपुर निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदबार कुशलबाबु बस्नेतले पनि आफ्नो फेसबुक वालमा एमाले अध्यक्ष केपी ओली र एमाले नेता हिक्मत कार्कीलाई लक्षित गर्दै लेखेका छन् । “नेकपा एमालेले चौदण्डी र बेलकामा स्थाई घर नभएका मतदाता नामावलीमा नाम भएका त्रियुगे कार्कीलाई उमेदवार बनाएछ हैन । चौदण्डी बेलकाका सबै एमालेका नेता कार्यकर्ता मरिसकेछन् क्यारे । आफ्नै बोली पूरा गर्न नसक्ने अध्यक्ष क. ओलि र कार्की नभै प्राण नै नरहने ठान्ने क. हिक्मत लाई सोध्नु बेलका चौदण्डीमा एमाले नेता कार्यकर्ता छैनन् । सम्बन्धित कमिटीले गरेको सिफारिस अमान्य हुने भए तल्ला कमिटीलाई किन सिफारिस गर्न लगाएको रे ? ख्याल रहोस ईमान्दार कार्यकरता दास हैनन । ”

बैठक निर्णय

 

तपाईको प्रतिक्रिया