उदयपुर । उदयपुरको विकट गाउँपालिका ताप्ली गाउँपालिकाको आगामी बजेट अनुमानित ४० करोड १ लाख बढी रहेको छ । गाउँपालिकाले विद्युत, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
ताप्ती गाउँपालिकामा संघिय सरकारको वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ५० लाख, सशर्त अनुदान तर्फ १७ करोड ३० लाख, विशेष अनुदान तर्फ २ करोड ४५ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड गरी २९ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान तर्फ १३ लाख ७५ हजार र सूत्रमा आधारित अनुदान २९ लाख ९८ हजार र राजश्व बाँडफाड तर्फ २८ लाख १३ हजार रहेको छ ।
ताप्लीले यो वर्ष उज्यालो वर्षको रुपमा लिइने गाउँपालिका अध्यक्ष ढुंगराज विकले जानकारी दिए । ताप्लीको ठानागाउँ ओख्ले लेखगाउँ इनामे रुपाटार लगायतमा विद्युतको काम पूरा गर्ने अध्यक्ष विकले जानकारी दिए । कृषि, यातायात लगायतलाई पनि तत्काल सम्बोधन अध्यक्ष विकले बताए ।
गाउँपालिकामा करार सेवामा रहेका गाउँ शिक्षकहरुको तथा स्वास्थ्य स्वयम सेविकाहरुको तलब सुविधामा पनि वृद्धि गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए । स्थानिय स्वायत्त शासन ऐन २०५५ बमोजिम नियुक्त भइ गाउँपालिकामा सेवारत रहि अवकास हुने कर्मचारीहरुको अवकास हुदाँ पाउने सेवा सुविधाहरुको सुनिश्चित गर्न कर्मचारी अवकास कोषको स्थापना पनि चालु आर्थिक बर्षबाट गरिएको प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिए ।