उदयपुुर । जरबेरा फूलमा लाग्ने मुख्य किरा सेतो झिंगा, लाही, सुलसुले आदि हुन भने जरा कुहिने, गाँठ कुहिने र बोट्राइटिस जरबेरा खेतीमा लाग्ने मुख्य रोग हुन् । नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञहरूको धारणा छ । जरबेरा फूल खेतीलाई जोगाउन समयमै ध्यान दिन सकिए यसमा लाग्ने विभिन्न रोगकिराको प्रकोप हटाउन सकिने वरिष्ठ बागवानी विकास अधिकृत अनिलकुमार आचार्यले बताए ।

लाही
यसले विशेषगरी बिरुवाको कोपिला, नयाँ पालुवा र पातमा आक्रमण गर्दछ । ती स्थानमा यो किराले एक किसिमको चोप उत्पादन गर्दछ । यसले गर्दा ढुसीका जीवाणुको समेत प्रकोप बढ्न जान्छ । यसको व्यवस्थापन किटनाशक विषादीबाट सहजै गर्न सकिन्छ ।

सेतो झिंगा
प्रायजसो सुक्खा र तातो मौसममा यो किराले पातको रस चुसेर नोक्सान पु¥याउँछ । पातको पछाडिको भागमा बढी आक्रमण गर्ने यो किरालाई नियन्त्रण गर्न दैनिक किटनाशक विषादीजस्तै रोगर प्रतिलिटर २ एमएल अर्थात् प्राइड शून्य दशमलव ४ ग्राम प्रतिलिटरका दरले प्रयोग गर्न सकिन्छ ।

सुलसुले
सुलसुलेका कारण बिरुवाका पुराना वा बूढा पात घुम्रिने, नयाँ पातमा पुष्पदल झरेका जस्ता लक्षण देखिन्छन् । यसलाई व्यवस्थापन गर्न सल्फर वा गन्धक १ दशमलव ५ ग्राम प्रतिलिटर पानीमा वा आमाइट १ एमएल प्रतिलिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया