सप्तरी,सप्तरीको सुरुङ्गा नगरपालिका १ स्थित पिप्रामा एक कुखुरा फर्ममा आगलागी भएको छ । मंगलबार राती ७ बजेको समयमा गोविन्द भनिने नरसिंह बहादुर बस्नेतको ज्वाई प्रदिप नारायण सिंह रिजालको कुखुरा फर्ममा विद्युत सर्ट भैइ आगलागी भएको हो ।
ब्यबसायिक रुपमा कुखुरा पालन गर्दै आएका रिजालको फर्ममा विद्युत सर्ट भैई आगलागीबाट फर्ममा भएका ६ सय कुखुरा जलेको वस्नेतले जानकारी दिए । कुखुरा फर्ममा आगलागी हुँदा ६ सय कुखुराको चल्ला, कुखुरा पालेको घर, दानापानी दिने भाँडा, कुखुराको दाना, औषधी लगाएतका सम्पूर्ण जलेर नष्ट भएको छ । रिजालका अनुसार कुखुराको फर्म र को साथै कुखुरा फर्म नजिक रहेको परालको माच समेत गरी ५ लाख भन्दा माथिको सरसमान जलेर नष्ट भएको बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय भेडियाले पुष्टि गरेपनि के कति क्षति भएको सोको विवरण आई नपुगेको जनाएको छ । स्थानीयका अनुसार एक्कासी फर्मको विच भागबाट आगोको मुस्लो निस्किएको देखियो ।
कुखुरा फर्ममा लागेको आगो, हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया