विद्यानन्द चौधरी, दक्षिण कोरिया

आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगायतका विभिन्न सामाजिक सन्जालहरुमा नयाँ बर्षको शुभकामना एक अर्कामा आदानप्रदान गरिएका फोटोहरु फेसबुक र ट्विटरका भित्ताहरुमा छ्यापछ्याप्ति पोस्ट गरिएको देखिन्थे । मलाई पनि गत राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परिवार, सुभचिन्तकदेखि फेसबुकमा कहिले पनि नबोलेका, नदेखेका साथीहसम्मले Happy New Year 2019 लेखेका पोस्टकार्ड र भिडियोहरु पठाई रहेका थिए । यि नै शुभकामनाहरुको भिडमा मलाई एक जना मिल्ने साथीले एउटा पोस्टकार्ड मेसेन्जरमा पठायो । लाग्यो, यो पनि नयाँ वर्षकै शुभकामना होला तर होइन रहेछ । त्यो पोस्टकार्डको पृष्टभूमिमा विशाल सगरमाथा, रातै फुलेका लाली गुराँस, कलात्मक शैलीमा सजाएको नेपाली ढाका टोपीको चित्र र लेखिएको थियो “मेरो टोपी कैलाशको शिर जस्तो, नेपाली भिर जस्तो, नेपाली वीर जस्तो ।’’ र अलीमुनि नेपाली टोपी दिवस तथा Visit Nepal 2020 प्रवद्र्धन कार्यक्रम । अनि स्थान र समयको जानकारि गराईएको थियो ।
त्यस कार्यक्रममा जाने निर्णय गर्न मलाई एक सेकेण्ड पनि लागेन । बैनिले भाई टिकामा लगाई दिएको ढाका टोपी सम्झे, झोलाबाट झिके, लगाए, एैना हेरे सुहाए जस्तो लाग्यो, मुसुक्क मुस्कुराए र कार्यक्रममा हुने स्थान तिर लागे ।
त्यहा पुग्दा सयौंको संख्यामा माइनस १३ डिग्रिको चिसोलाई प्रवाह नगरि ढाका टोपी लगाएर Visit Nepal 2020 को ब्यानर र नेपाली झण्डा बोकेर उभिरहेका थिए । नेपालीपन, नेपाल प्रतिको स्नेह र स्वाभिमान झल्केको परैबाट नजर अन्दाज गर्न जो कसैले सक्थे । एक त चिसो मौसम, कम्पनीको कार्य बेस्तता बाबजुद पनि त्यसरी सयौंको संख्यामा सहभागिता जनाउँदाको दृश्य देख्दा मनै प्रफुल्लित बनायो । राष्ट्र प्रतीको प्रेम र नेपाली हुनुको गर्व त्यतिखेर झन बढेर आयो ।
करिब एक डेढ घन्टाको सउल यग (स्टेसन) को आँगन बसाई पछि हाम्रो र्याली नजिकै रहेको नाम्सान सउल टावर तिर लाग्यो । मादलको ताल राष्ट्रिय तथा लोक गीतको भाकामा हामीलाई टावर सम्म दुई किलोमटरको ठाडो उकालो चढ्न उर्जा मिलि रह्यो ।


विदेशी भूमिमा रहेर हामीले रेमिट्यानस मात्रमा सिमित नरहेर नेपाललाई विश्वसामु चिनाउन पनि उतिकै योगदान गरेका छौ, भन्नलाई कति पनि गाह्रो नहोला मलाई । नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन यो कार्यक्रम को आयोजक टिमलाई विशेष धन्यवाद । जय देश जय स्वाभिमान ।

तपाईको प्रतिक्रिया