उदयपुर, उदयपुरमा गएराति भएको ट्याक्टर दुर्घटनामा परी सहचालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित मदन भण्डारी बैकल्पिक लोकमार्गको बसाहा–गाईघाट सडक खण्डमा स १ त ३५८७ नं.को ट्याकटर दुर्घटनामा पर्दा त्रियुगा नगरपालिका २ का १९ वर्षीय सुशन भन्ने लक्ष्मी प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार राति ११ः०० बजेजस्तो समयमा चौदण्डीगढी ४ को बसाहादेखि गाईघाट आउँदै गरेको ट्याक्टर सातधारे उकालोमा ट्रली पल्टेर दुर्घटना हुँदा सहचालक प्रधानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयुरले जनाएको छ ।
प्रहरीका अनुसार चालक र सहचालक मात्र रहेको ट्याक्टरको ट्रलि पल्टेर छाति र टाउकोमा किचेका कारण प्रधानको घट्नास्थलमै मृत्यु भएको हो । घट्नालगत्तै चालक फरार रहेका कारण घट्नाबारे स्थानीयले चाल पाएर प्रहरीलाई जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया