उदयपुर, उदयपुर कटारीकी एक १५ बर्षीय किशोरी डेढ महिनादेखि बेपत्ता भएकी छिन । कटारी नगरपालिका १४ लेखानी घर भएकी १५ बर्षीय सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्तामा परेका छन ।
गत कार्तिक २६ गते बिहान ९ बजे लेखानीबाट कटारी बजार जान हिडेकी सीता घर नफर्किएको उनका दाजु बिष्णु दाहालले बताए । सीतालाई उनका आफन्त, छर–छिमेक सबै तिर खोजी गर्दा पनि नभेटिएपछि गत मंसिर १० गते उनका दाजु बिष्णु दाहालले ईलाका प्रहरी कार्यलय कटारीमा हुलिया जाहेरी दरखास्त दिएका थिए । प्रहरीले खोजी कार्यमा चासो नदेखाएको उनको परिवारले गुनासो गरेका छन् । प्रहरीले कुनै सन्तोषजनक सूचना दिन नसकेको परिवारको गुनासो छ । उता प्रहरीले कशोरीको हुलिया परिपत्र गरेर नै खोजी कार्य भैरहेको तर फेला नपरेको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया