उदयपुर । लागूऔषध सहित बुधबार एक युवक पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ बस्ने अन्दाजी २१ वर्षिय युवक सुसन राईलाई प्रहरीले लागूऔषध सहित पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ जलजलेबाट उनलाई डाईजेल्याप २७ एम्पुल, फिनारगन २७ एम्पुल र लुपीजेसिस २७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । बरामद लागूऔषध सहित उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया