उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ४ महिला र ६ पुरुषमा कोरोना देखिएको हो । त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षणमा १० जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिय महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् । उनीहरुलाई कोशी अस्पताल विराटनगरको ल्याबले कोरोना पुष्टि गरेका हुन् ।
संक्रमित हुनेमा प्रशासन, प्राविधिक इन्जिनियर, सामाजिक परिचालक देखि इलेक्ट्रिसियनसम्म रहेका छन् ।
यस्तै १६ वर्षिय बालक त्रियुगा नगरपालिका ११ का जनप्रतिनिधिका छोरा हुन् । भने ३२ वर्षिय महिला एनसिसी बैंकका कर्मचारी हुन् ।









