काठमाडौं । कोरोना कहरकाबीच २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ला गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिएको जनाएको छ ।
अमेरिका लगायत विश्वका अधिकांश मुलुक कोरोना महामारीबाट प्रभावित भैरहेको बेला यस वर्षको डीभी खुल्ने नखुल्ने भन्ने अन्यौलमा सर्वसाधारण रहेका थिए ।

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।

तपाईको प्रतिक्रिया