उदयपुर । नेपाल लाइव्रेरी फाउण्डेसन काठमाण्डौँले पढन संस्कृतिको विकास गर्न चार लाख मुल्य वराबरको विभिन्न विद्याका पुस्तक निशुल्क उपलब्ध गराएको छ ।

१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार संगम सामुदायिक पुस्तकालय उदयपुरले आयोजना गरेको पुस्तक हस्तान्तरण तथा सदस्य सम्मान कार्यक्रममा फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले पुस्तकालयका अध्यक्ष अधिकारकर्मी भरत खड्कालाई एक हजार तीन सय पुस्तक हस्तान्तरण गरे ।
सोही अवसरमा महासचिब श्रेष्ठले सर्लाहीको सुकेपोखरीस्थित सामुदायिक अध्ययन केन्द्रलाई चतुरभुजेश्वर सामुदायिक पुस्तकालय र हरिवन नगरपालिकाको सहकार्यमा गृहणी महिला कम्प्युटर साक्षर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौँ मुलपानीस्थित मनोहरा सार्वजानिक पुस्तकालयलाई नेपालकै मोडेल पुस्तकालय निर्माणका निम्ति दुई हजार थान पुस्तक हस्तान्तरण गर्ने महासचिव श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद अम्बिका थापाले पुस्तकालयले सञ्चालन गरेको गृहणी कम्प्युटर शिक्षाले महिलाको क्षमताको विकास र आत्मनिर्भरतामा सघाउ पुर्याएको बताईन् । उनले पछिल्लो समय गृहणीमा सिमित रहेका महिलाहरु कम्प्युटर शिक्षामा आकर्षित भएकाले यसको निरन्तरताका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

पुस्तकालय भवन जमलमै वनाउन माग 

यसैविच जमलमा रहेको राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रकृया अगाडी नवढाउन सरकारले गरेको निर्णय प्रति नेपाल लाइव्रेरी फाउण्डेसनले आपत्ती जनाएको छ ।

सोमबार फाउण्डेसनले एक विज्ञप्ति जारी गर्दै २०७७ साउन ५ गतेको मन्त्रीपरिषद्को निर्णय सच्याउन अपिल गरेको छ । अध्यक्ष कपिलदेव थापा र महासचिब धनकुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा २०७५ असोज २८ को निर्णय कार्यान्वयन गर्न माग गरिएको छ ।

२०१३ सालमा स्थापित राष्ट्रिय पुस्तकालय २०७२ सालको महाभुकम्पले क्षतिग्रस्त भई महत्वपुर्ण पुस्तक, अभिलेख, दस्तावेजहरु वोरामा थन्किन गएकाले तत्काल भवन निर्माण कार्यलाई अघि सारी पढ्न संस्कृतिको विकास गर्न अपिल गरिएको छ ।

सरकारको उक्त निर्णयले भवन नवन्ने पक्कापक्कि भएकाले त्यस्तो कार्य नगर्न फाउण्डेसनले अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०७५ असोज २८ गते निर्णयसँगै भवन निर्माण प्रकृया अघि बढेकोमा हामी लगायतका आमपुस्तकालयप्रेमी विच खुसियाली छाएको थियो, तर एकाएक सरकारले कोरोनाले थलापरेको वेला भवन रोक्ने निर्णयले पुनः त्यो खुशी निरासामा परिणत भएको हो ।

दिवसकै अवसरमा संगम सामुदायिक पुस्तकालय उदयपुरले राष्ट्रिय पुस्तकालय भवन जमलमा नै बन्नुपर्नेमा जोड दिएको छ । पुस्तकालयका अध्यक्ष तथा अधिकारकर्मी भरत खड्काले जमलमा नै पुस्तकाले बनाउनका लागि प्रदेश १ बाट दवाव सृजना गर्ने गरी कार्यक्रम तय गर्ने निर्णय गरेको जानकारी गराए । उनले संगम पुस्तकालयले नेतृत्व गर्ने गरी प्रदेश १ मा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया